प्रदेश नं. २ को सरकार र वडा कार्यालयका विरुद्धमा बिरोध ¥याली

प्रदेश नं. २ को सरकार र वडा कार्यालयका विरुद्धमा बिरोध ¥याली

राजेन्द्र महतो, लहान

सिरहाको औरही गाउँपालिका ४ ईटाटरमा अपारदर्शी र अवैधानिक तरीकाले उपभोगक्ता समिति गठन गरेको भन्दै विघटन गर्न स्थानियले प्रदेश सरकार र वडा कार्यालय विरुद्धमा विरोध ¥याली निकालेका छन् ।

प्रदेश न २ सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयले गरेको स्वीकृत योजनहरुका वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र प्रसाद यादवले आफ्नो कार्यकर्ता पालनको लागि विभिन्न योजनाको उपभोक्ता समितिमा सदस्य देखि लिएर अनुगमन समिति सम्म राख्दा उपभोक्ता समिति विघटन गर्न पटक–पटक लिखित तथा मौखिक जानकारी गराएपनि कुनै वास्ता नगरेको स्थनिय चतुरानन्द कुमार यादवले गुनासो गरेका छन् ।

प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय जनकपुरले औरही गाउँपालिका वडा नम्बर ४ ईटाटरको स्वीकृत योजना अन्तर्गत महदेवा मन्दिरमा ५० लाख, लभका टोल देखि हुलाकी सडक सम्म ढलानको लागि ७५ लाख, गागन देखि नेपाल भारत सिमा सम्म २० लाख, श्री आधारभुत विद्यालय ईटाटार र भवन निर्मानको लागि २५ लाख वजेट काम गर्न वा गराउन स्थनिय जनसमुदायलाई कुनै सुचना नदिई व्यक्तिवादी र सामाजिक न्याय एवं अधिकार विपरित उपभोक्ता समिति गठन गरेको हुदा उक्त योजनाको नयाँ समिति चयन गर्न औरही गाउँपालिका वडा न ४ अध्यक्ष उपेन्द्र प्रसाद यादवका विरुद्धमा ¥याली निकाली विभिन्न कार्यक्रमको घोषणा गरेको छ। जस अन्तर्गत असार ८ गते प्रदेश सरकार र वडा कार्यालयको विरोधमा प्रदर्शन, असार ९ गते सोमवार वडा कार्यालयमा धर्ना, असार १० गते वडा कार्यालयमा तलाबन्दी गर्ने र हाम्रो माग पुरा नभए दोस्रो चरणको अन्दोलनको घोषणा गर्ने ¥यालिको नेतृत्व गर्ने रामवालक यादवले वताएका छन् ।

अर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवकै वडामा मन्त्रालयबाट छुट्याइएको योजनाहरु मन्त्रीको सम्पर्क ब्यक्ति आफनै दाई शिक्षक श्याम नन्दन यादव रहेको उक्त ७ वटै योजना समिति छनोट गर्दा गोप्य तरिकाले आफनै नेता कार्यकर्ता राखिएको स्थानिय दिपेन्द्र यादवले आरोप लगाएका छन् ।

यस सम्बन्धमा वडा अध्यक्ष उपेन्द्र प्रसाद यादवले हाम्रो वडामा विकास सम्बन्धी जुन सुकै काम पारदर्शी भएको र सर्वसाधारण समेतलाई वुझन सुचना वोर्ड पनि राखेका छौ । हामिले असार २० गते सम्ममा नै उक्त योजनाहरु सम्पन्न गर्नको लागि ४, ५ दिने मात्र सुचना काटी समिति चैन गरी विकासको काम सुचारु गरे तर केही व्यक्तीहरुलाई उपभोक्ता समितिमा नपरेको कारण आफु विरुद्ध नारावाजि गरेको अध्यक्ष उपेन्द्र प्रसाद यादव बताउछछन् ।

यादवले अधिकान्श विरोद्ध गर्ने प्रमुख व्यक्तिमाथि वडा कार्यालयको २ लाख देखी १० लाख सम्मको पेस्की बाँकी रहेको वडा अध्यक्ष यादव बताउछन् ।

सम्बन्धित खवर