मोरङको बुढिगंगामा सवारी दुर्घटनामा १ को मृत्यु

मोरङको बुढिगंगामा सवारी दुर्घटनामा १ को मृत्यु

मोरङ–मोरङको बुढिगंगा गाउँपालिका १ मा ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज(सोमबार) बिहान पौने ११ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख १९०५ नम्बरको ट्याङकरले बिपरीत दिशातर्फ जाँदै गरेको को ३६ प ३०५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक ईटहरी उपमहानगरपालिका ४ बस्ने २८ बर्षीय संजिव पौडेल गम्भीर घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि बिराट मेडिकल कलेज पठाएकोमा उपचारकै क्रममा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने मोटरसाईकल, ट्याङकर र चालक समेत ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित खवर