कानेपोखरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

कानेपोखरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

पथरी–मोरङको कानेपोखरी गाउँपालिका ७ छधारेमा आइतबार बिहान सवा १० बजे बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री मोरङकै सुनवर्षी नगरपालिका २ का ३० बर्षीय भिम मोचीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि मंगलवारे अस्पताल पठाएको छ भने बस र बस चालक प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर