ताप्लेजुङमा अवरुद्ध सडक पाँचौ दिनमा खुल्यो

ताप्लेजुङमा अवरुद्ध सडक पाँचौ दिनमा खुल्यो

ताप्लेजुङ—पहिरोले सिरिजघा गाउँपालिकाको अवरुद्ध सडक पाँचौं दिनमा खुलेको छ। गाउँपालिकाले स्काइभेटर मेशिन प्रयोग गरेर सडक खुलाएको अध्यक्ष टिका गुरुङले बताए । सडक खुलेसँगै गाउँपालिकाको केन्द्रसम्मै यातायात पुग्न थालेको उनले जानकारी दिए ।

वर्षाका कारण सिरिजंघा १ सिनाममा पहिरो झरेको थियो । सडक अवरुद्ध भएपछि कञ्चनजंघा क्षेत्र र गाउँपालिका केन्द्र जाने र फर्कने यात्रुलाई समस्या भएको थियो । यो सडक भएर झापा बिर्तामोड र सदरमुकाम फुङलिङवाट सवारि चल्ने गरेका छन् ।

पाँचथरको फिदिम, इलाम पनि यही मार्ग भएर जान्छ । याम्फुदिन, मामांखे, खेवाङवाट आउने यात्रुलाई पहिरोका कारण समस्या भएको थियो । यो ठाउँ कच्चा भएकाले सडक घुमाउने प्रयास भइरहेको अध्यक्ष गुरुङले बताए ।

सम्बन्धित खवर