संखुवासभामा पहिरोका कारण २८ घर विस्थापित, आइतबार हेलिकोप्टरबाट राहत सामग्री लगिँदै

संखुवासभामा पहिरोका कारण २८ घर विस्थापित, आइतबार हेलिकोप्टरबाट राहत सामग्री लगिँदै

संखुवासभा–जिल्लाको मकालु गाउँपालिकामा पहिरोका कारण २८ घर परिवार विस्थापित भएका छन्। असार १ र २ गते लगातार २४ घण्टा भन्दा बढी परेको पानीले गाउँपालिका ५ पेपुवाका चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएका हुन् भने २२ घर उच्च जोखिममा परेको वडा ५ का अध्यक्ष जापान गुरुङले जानकारी दिए।

पहिरोले पेपुवाका २९ घर परिवार विस्थापीत भएपछि एकै ठाउँमा भेला भएर रातभर जागारम बस्ने गरेको वडा अध्यक्ष गुरुङले बताए। पेपुवाका चारैतिर पहिरो झरेकाले स्थानीय क्रसित भएको उनले बताए। कुनै पनि बेला माथिबाट पहिरो खस्ने भएकाले पेपुवाका चार गाउँका २९ घर परिवारलाई सुरक्षित स्थानमा सारिने वडा अध्यक्ष राईले बताए।

पहिरोको उच्च जोखिममा परेका २२ परिवार पनि घर छाडेर नजिकैको खुल्ला स्थानमा पाल टागेर बसिरहेको उनले बताए। गैरी गाउँ, रुपसाङ गाउँ, सिरान गाउँ र डाँडा गाउँका २९ परिवार अहिले खुल्ला ठाउँमा बसिरहेको गुरुङले बताए। पीडितलाई घर छाडेर अन्यत्र बसे पनि पानी पर्न थालेपछि पहिरोले सिंगो गाउँनै बगाला कि भन्ने डरले भगवान नाम पुकार्दै बसिरहेको उनको भनाइ छ। उनले भने सिंगो गाउँलाई नै पहिरोले चिरा चिरा परेको छ जाउँ भने कता जाउँ बसौं पहिरोले लग्ला भन्ने डर क्रास छ। त्यस्तै पहिरोले नयाँबस्ती, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानीका कतिपय घरपरिवार जोखिममा परेका छन।

आइतबार हेलिकोप्टरबाट राहत सामग्री लगिँदै
पहिरोको उच्च जोखिममा परेका २९ घर परिवारलाई गाउँपालिकाले आइतबार हेलिकोप्टरबाट राहत सामग्री लग्ने भएको छ। गाउँपालिकाले पहिरोको उच्च जोखिम भएका २९ परिवारलाई हेलिकोप्टरबाट दाल, चामल, नुन, तेल, पाल, भाडाँकुडा जस्ता राहत सामग्री वितरण गरिने वडा नम्बर ५ का अध्यक्ष जापान गुरुङले जानकारी दिए। पहिरोको उच्च जोखिममा परेको २९ परिवारका बृद्ध र बालवालिकालाई हेलिकोप्टरबाट गाउँपालिका कार्यालय नुम ल्याइने वडा अध्यक्ष गुरुङले बताए।गाउँपालिकाले सदरमुकाम खाँदबारीमा राहत सामग्री खरिद गरेर आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट लग्न लागेको हो।

पहिरोले लाखौंको क्षति
लगातार २४ घण्टा भन्दा बढी परेको पानीले मकालु गाउँपालिकामा कराडौंको क्षति र्पुयाएको छ। पानीसँगै आएको पहिरोले मकालुका विभिन्न स्थानमा अलैँची बारी, अन्नवाली र खेतबारी समेत बगाउँदा कराडौंको क्षति भएको गाँउपालिका कायालयले जनाएको छ। किमाथांका खाँदबारी सडक खण्डका विभिन्न बगाएदाँ यातायात समेत अवरुद्ध भएको छ। (थाहाखवर)

सम्बन्धित खवर