राजेन्द्र महतो, लहान
शसस्त्र प्रहरी आउट पोस्ट माडर सिरहाले शुक्रबार सिरहा नगरपालिका १७ पटेर्वाबाट कटुवा पेस्तोल वरामद गरेको छ।
शसस्त्र प्रहरी आउट पोस्ट माडर सिरहाका सप्रनि सुरेन्द्र बहादुर शाहीको कमान्डमा खटिएको गस्ती टोलीले सिरहा न.पा. १७ पटेर्वामा चेक जाच गर्ने क्रममा भारत बाट नम्बर नखुलेको मोटरसाइकलमा नेपाल तर्फ आउदै गरेको एक अपरिचित ब्यक्तिले सुरक्षाकर्मीलाइ देख्नासाथ कटुवा पेस्तोल कमला खोलामा फ्याकी भारत तर्फ फरार भएको हुँदा सो कटुवा पेस्तोल १ थान बरामद गरेको हो।
बरामद गरेको कटुवा पेस्तोल आबश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सप्रनि सुरेन्द्र बहादुर शाहीले बताएका छन् ।