१९ वर्षीय किशोरी बलात्कृत, दिदिले मिलाइ दिइन् बलत्कार गर्ने वातावरण

१९ वर्षीय किशोरी बलात्कृत,  दिदिले मिलाइ दिइन् बलत्कार गर्ने वातावरण

पथरी, मोरङको पथरी शनिश्चरे नगारपालिका घर भएकी एक किशोरीलाई रातभर भलत्कार गरेको खुलेको छ । १९ वर्षीय ति किशोरीलाई बलत्कार गर्नका लागि दिदिले वातावरण मिलाइदिएको खुलेको छ ।

ति किशोरी जेठ ३१ गते केराबारी गाउँपालिकामा रहेको गुराँस होटलमा प्रेमीलाई भेट्न गएकी थिइन् । सो रात उनलाई जुस भनेर झुक्याएर वाइन खुवाएको र रातभर बलत्कार गरेको खुलेको छ । सो घटनाको मुख्य योजनाकार किशोरीकै नाता भित्रकी दिदी रहेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीकी २२ वर्षीया दिदीले नै बलात्कारको लागि वातावरण मिलाइदिएको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।
पीडितकी दिदीले आफ्ना प्रेमी सुन्दरहरैंचा–१२ का ३९ वर्षीय सञ्जीवकुमार शङ्करसँग मिलेर योजना बनाएपछि झापा जिल्लाको पृथ्वीनगरका ३२ वर्षीय विश्वास कट्टेलले युवतीको बलात्कार गरेको रहस्य खुलेको हो ।

विवाहित सञ्जीव र विश्वास सुन्दरहरैंचाको विराटचोकमा जग्गाप्लटिङ गर्ने गर्छन् । युवतीहरू भने दुवै जना अविवाहित रहेको प्रहरीको भनाइ छ ।

‘दुवै जनाले सल्लाह गरेर सञ्जीवकी प्रेमिकामार्फत् एक जना युवती झिकाएको देखिन्छ,’घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘त्यस क्रममा ती दिदीले पारिवारिक नाताभित्रकी बहिनी पर्ने एक किशोरीलाई साथमा लिएर विराटचोक आएको खुलेको छ ।’ त्यसपछि चारै जना मिलेर हलमा फिल्म पनि हेरेको अनुसन्धानका क्रममा खुलेको हो ।

विराटचोकमा राती ९ बजेसम्म फिल्म हेरेर उनीहरू इटहरी गएको र इटहरीमा मादक पदार्थ सेवन गरेर शंकरको गाडी मार्फत केराबारी गएर गुराँस होटलमा २ वटा कोठा लिएर बास बसेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । आफु बिहान उठ्दा मात्रै बलत्कारमा परेको थाहा पाएको पिडित किशोरीले बताएकी छिन् ।

सम्बन्धित खवर