राजेन्द्र महतो, लहान
सिरहाको लहान नगर पालिका मा सिसौको रुख काटेको विषयमा कुटिएकी एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा लहान नगरपालिकाकी ५३ बर्षीया तेतरी देवी महतोको मृत्यू भएको हो ।
लहान नगरपालिका १५ का आशाराम महतो र उनको भाइ सुमेश्वर महतोले सोमवार बिहान ति महिलालाई कुटपिट गरेका थिए । सिसौं रुख काटेको विषयमा विवादमा दाई–भाईको कुटाइबाट घाईते भएकि तेतरीदेवी महतोको लहान अस्पतालमा भर्ना भएकि थिइन् । तर उपचार गराएर घर फर्केको बिहान पल्ट उनको मृत्यू भएको प्रहरीले जनाएको छ।
तेतरीदेवीको मृत्यू भएपछि कुटपिट गर्ने दुवै दाजुभाई फरार रहेका छन् । उक्त घटना को विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।