भारतबाट नेपालमा डकैत गर्न आएका डकैतहरु स्थानीय द्वारा पक्राउ

भारतबाट नेपालमा डकैत गर्न आएका डकैतहरु स्थानीय द्वारा पक्राउ

झापा–कार रिजर्भ गरेर दिउँसै डकैत गर्न आएका भारतीय समूहलाइ स्थानीयले पक्राउ गरी प्रहरीमा जिम्मा लगाउन थालेका छन् । झापाको भद्रपुर नगरपालिका क्षेत्रमा केही महिनायता दिउँसै घर फोरेर डकैती गर्ने गिरोह सकृय भए पनि प्रहरीले पक्राउ गर्न नसकेपछि स्थानिय आफै सजक हुन थालेका छन् ।

पछिल्लो पटक भद्रपुर १० स्थित देउनिया खोला किनारमा रहेको वरपिपल टोलका उत्तम सुवेदीको घर मध्यान्न १ वजे डकैती गर्न पसेका दुई जना भारतीय डाकालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । यस्तै देवनियाको बाक्लो बस्तीमा रहेको विरेन तामाङको घरमा दिउँसै डेढ बजेतिर घरको दक्षिण तर्फबाट ढोका फोरेर गरगहना र पैसा लिएर भागिरहेको अवस्थामा भारत सिलीगुढीका शुभ राय र बैङ्लोरका राज र्मुर्मुलाइ स्थानीयले पक्राउ गरी प्रहरीलाइ जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डकैत र चोरी गर्न १० देखि १२ जनाको समूह बनाएर नेपाली बस्तीमा छिरेको उनीहरुले प्रहरीलाइ जानकारी दिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

स्थानीयहरूले रङ्गे हात पक्राउ गरेका ती डकैतमा संलग्न एउटा मारुती लिएर डकैत गर्न नेपाल आएको बताएको स्थानीयले जानकारी दिए । डकैत गरेर भागिरहेका दुई जनालाई भद्रपुर १० र विर्तामोड ८ बाट पक्राउ गरिएको थियो । (आवरविराटनगर)

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: