उर्लाबारी, पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समुहको आयोजनामा सामुदायिक वन मैत्रि कार्यक्रम सब डिभिजन वन कार्यालय मगंलबारेमा सम्पन्न भएको छ । सामुदायिक र साझेदारी वनका विच समन्वयता वढाउने उदेश्यले सञ्चालित कार्यक्रमा बोल्दै सब डिभिजन वन कार्यालय मगंलबारेका सहायक वन अधिकृत तारणी प्रसाद चौधरीले वन संरक्षण, व्यवस्थापन र सदुपयोगमा सहकार्यको बिकल्प नभएको बताउनुभयो ।
त्यस्तै सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत दिपेश कुमार मिश्रले सामुदायिक र साझेदारी वनमा भएका नितिगत व्यवस्था साथै वैज्ञानिक व्यवस्थापनको माध्यमबाट वनलाई दिगो रुपमा प्रतिस्थापना गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष पथरीशनिश्चरे साझेदारी वनका संयोजक प्रकाश पौडेलले साझेदारी वन र सामुदायिक वन दुवै समुदायमा आधारीत वन व्यवस्थापनको मोडल भएकाले साझेदारी वन र सामुदायिक वन विचका विभिन्न तह तप्कामा भएका मदभेद लाई फिल्ड लेभलबाटै निरोपण गर्दै सहकार्यको माध्यमबाट साझा समस्यालाई हल गर्नुपर्ने बताउनुभयो ।
मगंलबारे सब डिभिजन अन्र्तगतका आठ ओटा सामुदायिक वनका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन सुवेदार टंक वि.कले गर्नुभएको थियो ।