भर्खरै आयो दुःखद खबर, ६० जना सवार बस खोलामा खस्यो, २७ जनाको मृत्यु, ३५ घाईते

भर्खरै आयो दुःखद खबर, ६० जना सवार बस खोलामा खस्यो, २७ जनाको मृत्यु, ३५ घाईते

काठमाडौ, आज साँझ भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएको छ । यस बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । बसमा जम्मा ६० जना सवार भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सडक भन्दा बस झण्डै ५०० फीट गहिरो खोल्सामा परेको जनाइएको छ । साँघुरो र पहाडी सडकखण्ड भएको हुँदा ठुलो दुर्घटना भएको हो । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा २५ जनाले ज्यान गुमाएका हुन् ।

कुल्लूको बान्जार नजिकै दुर्घटना भएको भारतीय अधिकारीहरुले बताएका छन् । दुर्घटनाको खबर पाउँने वित्तिककै प्रहरी त्यसतर्फ लागेको छ । स्थानीय र प्रशासनको बलमा उद्धार कार्य भइरहेको छ ।

कुल्लूका एसपी शालिनी अग्निहोत्रीले बसमा ६० जना यात्रु भएको कुरा पुष्टि गर्नुभएको छ । उनका अनुसार अहिलेसम्म १५ जनाको शव निकालिएको छ । जानकारी अनुसार बस कल्लू बान्जार क्षेत्र देखि एक किलोमीटर अगाडी भियोठ मोड़ नजिकै अचानक खेल्सामा खसेको थियो ।

घाइतेहरुमा धेरैको अवस्था चिन्ताजनक भएको हुँदा मृतकहरुको संख्यामा पनि वृद्धि हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरुको उपचारका लागि उचित प्रवन्ध गर्न लागिएको अधिकारीहरुले बताएका छन् । यो दुर्घटना आज अपरान्ह ४ बजे तिर भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

मृतकहरुको नाम खुल्न सकेको छैन । हिमाचल नेपालीहरुको बाहुल्यता भएको क्षेत्र भएको हुँदा नेपालीहरु पनि परेको हुनसक्ने आशंका गरिएको छ । हिमाचलमा नेपालीहरु काम गर्नको लागि धेरै जाने गर्दछन् ।

यस्तै यस राज्यमा नेपालीहरुले व्यापार व्यवसाय पनि गर्दै आएका छन् । बसमा क्षमता भन्दा धेरै यात्रु राखेको खुल्न आएको छ । उक्त बसमा जम्मा ४८ सिट रहेकोमा ६० जनालाई लिएर गइरहेको थियो ।
यो समाचार भारतीय संचारमाध्यम दैनिक भास्करले लेखेको छ

सम्बन्धित खवर