प्रहरी र विप्लवका कार्यकर्ता बिच भिडन्त, सर्लाहीमा एकजनाको मृत्यु

प्रहरी र विप्लवका कार्यकर्ता बिच भिडन्त, सर्लाहीमा एकजनाको मृत्यु

सर्लाही, सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताबीच भीडन्त हुँदा एकजनाको मृत्यु भएको छ । मृत्य हुनेमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । दुई वटा मोटरसाइकलमा आएका विप्लवका चार कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा लालबन्दी १ मा भीडन्त भएको प्रहरीको भनाइ छ ।

तीमध्ये एकजनाको मृत्यु भएको र अन्य तीन जना मोटरसाइकल छाडेर भागेको जनाइएको छ। मृतक पौडेलको साथबाट गोली अड्किएको अवस्थामा सिक्सर रिभल्वर, थ्रिनटथ्रीका गोली, फ्युजवायर र अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको लेटरप्याड समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको जनाइएको छ । ४० वर्षीय पौडेल बागमती नगरपालिका ढुंग्रेखोला निवासी हुन् । चुरेभावर पार्टीबाट राजनीतिमा लागेका उनी पछि नेकपा माओवादी, मा‌‌ओवादी बैद्य हुँदै पछिल्लो समय विप्लव समूहमा आवद्ध भएका थिए ।
यो समाचार जनकपुर टुडेबाट लिइएको हो

सम्बन्धित खवर