जनकपुरमा ३ वटा होटलमा आगलागी, ९ वटा सिलिन्डर पड्किदा होटल जलेर नष्ट

जनकपुरमा ३ वटा होटलमा आगलागी, ९ वटा सिलिन्डर पड्किदा होटल जलेर नष्ट

मोरङ, जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान ३ वटा होटलमा आगलागी भक्एो छ । होटलमा भएका ९ वटा सिलिन्डर पड्किएका छन् । आगलागीका कारण ३ वटा होटल जलेर नष्ट भएका छन् ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो । विस्फोटमा मानवीय क्षति भने भएको छैन ।

गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण भने आइसकेको छन् ।
उज्यालोबाट

सम्बन्धित खवर