उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

उदयपुर-मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ७ लाटी खोलामा बुधबार बिहान १० बजे भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । बसाहबाट बेल्टार बजार आउँदै गरेको स १प३६१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा२क ७०९ नम्बरको टिपरले ठक्कर दिँदा चौदण्डीगढी नगरपालिका ४ बसाहका ४५ वर्षीय खगेन्द्र राई र ३५ वर्षीय जीवन राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले बताए ।

मोटरसाइकल ठक्कर दिने टिपर चालक फरार रहेको प्रहरी निरीक्षक पौडेलले बताए । टिपर इलाका प्रहरी कार्यलय बेल्टारको नियन्त्रणमा छ । टिपर लोकमार्गमा निर्माण हुँदै गरेको पुलका लागि कोभेकररसुवा रतुन्दी जेभीले प्रयोग गरेको हो ।

सम्बन्धित खवर