अगुवा कृषि फर्मलाई नगरले दियो घाँस काट्ने कटर

अगुवा कृषि फर्मलाई नगरले दियो घाँस काट्ने कटर

पथरी, पथरीशनिश्चरे नगरपालिकाले नगरका अगुवा कृषि व्यवसायिक फर्महरुलाई घाँस, पराल काट्ने १० वटा विद्युतीय च्याफ कटर मेसिन वितरण गरेको छ ।

नगरको आर्थिक विकास शाखा अन्तर्गत पशुपंक्षी शाखाले ७५ प्रतिशत अनुदानमा बुधबार कटर मेसिन वितरण गरेको हो ।

नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले कटर वितरण गरेको पशुपंक्षी शाखाका पशु सेवा प्राविधिक पर्वत शाहले जनाए । कटरका लागि नगरपालिकाको आर्थिक वर्ष ०७५÷०७६ का लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

सम्बन्धित खवर