उदयपुरको दुई किशोर सुनकोसीमा बेपत्ता

उदयपुरको दुई किशोर सुनकोसीमा बेपत्ता

उदयपुर-उदयपुरको लिम्चुबुङ गाउँपालिका १ बास्बोटेका दुई किशोर बुधबार सुनकोसी नदीमा बेपत्ता भएका छन् । ज्यामिरे खोला दोभानमा माछा मार्न गएका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बिहानैदेखि बेपत्ता भएको स्थानीयले बताए ।

माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोसीले बगाएर बेपत्ता भएको स्थानीयले जानकारी गराएको प्रहरी चौकी लिम्चुबुङले जनाएको छ । उनीहरूको खोजी तथा उद्धारमा स्थानीयहरू लागिरहेका छन् ।

सम्बन्धित खवर