आर्थिक रूपमा अनुचित प्रभाव पार्न खोज्ने एक ब्यक्ति पक्राउ

आर्थिक रूपमा अनुचित प्रभाव पार्न खोज्ने एक ब्यक्ति पक्राउ

राजेन्द्र महतो, लहान

जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी अधिकृतलाई आर्थिक रूपमा अनुचित प्रभाव पार्न खोज्ने एक ब्यक्तिलाई सिरहा प्रहरीले मगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नं. पा १० बस्ने बाबुलाल राय यादवको छोरा ३९ वर्षीय इन्द्र नारायण यादव रहेका छन् ।
यादव प्रहरी कार्यालयको कक्षमा आएर यस कार्यालयको निमित्त प्रमुखसंग केही कुरा गर्नु छ, म काम गर्छु र तपाईं लाई पनि मिलाउछु भनी प्रहरी अधिकृतलाई आर्थिक रूपमा अनुचित प्रभाव पार्न खोज्दा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन् ।

सम्बन्धित खवर