विधेयक फिर्ता लिनुपर्ने माग राख्दै पत्रकारको तेस्रो चरणको आन्दोलन

विधेयक फिर्ता लिनुपर्ने माग राख्दै पत्रकारको तेस्रो चरणको आन्दोलन

विराटनगर–सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग राख्दै मंगलबार देश भर हस्ताक्षर संकलन अभियान गरिएको छ । नेपाल पत्रकार महासंघको सर्कुलर अनुसार दुई चरणको आन्दोलनको समिक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विराटनगरमा पनि हस्ताक्षर संकलन भएको हो । विराटनगरमा तेस्रो चरणको आन्दोलन अन्र्तगत सञ्चारकर्मी, नागरिककर्मी, पेशाकर्मी , राजनीतिक दलका प्रतिनिधीहरुले हस्ताक्षर गरे ।

नेपाल पत्रकार महासघ मोरङ शाखाले आयोजना गरेको हस्ताक्षर संकलनको क्रममा पत्रकार सहित बिभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो । मोरङ शाखाले विधेयकको बिरुद्ध संकलित हस्ताक्षर आगामी असार ६ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल बिधेयक कुनै हालतमा मान्य नहुने बताए । उनले नागरिक तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रता नै हनन् गर्ने गरि संसदमा पेस गरेको विधेयक खारेज हुनु पर्ने माग राखे ।

सम्बन्धित खवर