कर्णाली जिप दुर्घनामा १० बेपत्ता भएको एकिन, गाउँपालिका उपाध्यक्ष पनि बेपत्ता

कर्णाली जिप दुर्घनामा १० बेपत्ता भएको एकिन, गाउँपालिका उपाध्यक्ष पनि बेपत्ता

सिमकोट, हुम्लाको खार्पुनाथ ५ को यांचु कुनामा दुर्घटना भई कर्णाली नदीमा बेपत्ता भएको गाडीमा बेपत्ता हुने दश जनाको स्थानीयले एकिन गेरका छन् ।

घटना स्थलमा भएका खार्पुनाथ गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत चन्द्रविर शाहीका अनुशार दुर्घटनामा परी बेपत्ता हुनेमा आर्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल उनका भाई चन्द्र हमाल, गाडीका चालक मणी शाही, ढुकु भण्डारी नामले चिनिने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणीत भएको छ ।

यसैगरी खार्पुनाथ गाउँपालिका १ की कौर कामी र उनको २ वर्षको वालक समेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वेल्डीङ्ग गर्न गएका एक जना मिस्त्री समेत परेका छन् तर उनको नाम भने एकिन भएको छैन् ।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका ५ को बेडबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिएका छन् ।
रेडियो कर्णाली आवाजको सहयोगमा

सम्बन्धित खवर