संखुवासभामा पहिरोले एक घर पुर्याे

संखुवासभामा पहिरोले एक घर पुर्याे

संखुवासभा–संखुवासभाको मकालु गाउँपालिका–५ नुममा पहिरोले एक घर पुरेको छ। वर्षापछि गएको पहिरोले अजित राईको घर पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मीम लामाले जानकारी दिए।

पहिरोले सोमबार साँझ ७ बजे राईको घर पुरेको बताइएको छ। पहिरोले मानवीय क्षति नभएको प्रहरी प्रमुख लामाले जानकारी दिए। उक्त क्षेत्रमा लगातार २४ घण्टाभन्दा बढी पानी परेको प्रहरीले बताएको छ। घटना भएको क्षेत्रमा विद्युत् र टेलिफोन सेवा समेत अवरुद्ध भएकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। उद्धारका लागि प्रहरी त्यस क्षेत्रमा खटाइसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खवर