नेपाल शिक्षकसंघले बुझायो अवधारणापत्र

नेपाल शिक्षकसंघले बुझायो अवधारणापत्र

बीरेन्द्रकुमार साह, बिराटनगर

नेपाल शिक्षकसंघ सुनवर्षी नगर कमिटीले विभिन्न योजना सहित सुनवार्षी नगरपालिकामा अवधारण पत्र बुझाएको छ । नगरपालिकाको प्रतिनिधिको रुपमा वार्ड नं. ३ का अध्यक्ष टेकबहादुर बिष्ट र ५ का अध्यक्ष राजेन्द्र दासलाई संयुक्त रुपमा अवधारणा पत्र बुझाएका हुन् ।

शिक्षा, शिक्षक र बिधार्थिहरुको हक हितका लागि आउने आर्थिक वर्षका योजना तथा कार्यक्रमहरुमा आफुहरुले तयार पारेका योजनाहरु समावेस गर्दा शिक्षामा सुधार हुने संघका सभापति सुगनलाल साहले बताए । अवधारणा पत्रमा नगर शिक्षाको शैक्षिक गुणस्तर बिस्तार, भौतिक ब्यवस्थापन, शिक्षक ब्यवस्थापन, बाल मैत्री बिद्यालय निर्माण, कर्मचारी बिद्यालय सहयोगी बाल बिकास शिक्षक धार्मिक मदरसा बिधालय बिस्तार तथा शिक्षक ब्यवस्थापन गर्नु पर्ने योजना सहित अवधारणा पत्र प्रस्तुत गरिएको थियो । नगरले आउने दिनमा शिक्षालाई प्रमुख आधार बनाएर बजेट बिनियोजन गर्नुपर्ने साहले बताए ।

सम्बन्धित खवर