पथरीमा भेटिएको व्यवारिसे शवको पहिचान

पथरीमा भेटिएको व्यवारिसे शवको पहिचान

पथरी, मोरङको पथरीशनिश्चरे २ मा पर्ने सुन्दर सामुदायिक वनमा भेटिएको व्यवारिसे शवको पहिचान खुलेको छ । मृतक मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ का प्रेम प्रसाद न्यौपाने रहेको उनका परिवारले पुष्टि गरेका छन् ।

७१ वर्षीय न्यौपानेको शव उनले लगाएको कपडाको आधारमा उनको परिवारले पहिचान गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । न्यौपाने जेठ २८ गते देखि सम्पर्क विहिन भएका थिए । प्रहरीका अनुसार उनका परिवारले सोमबार नै शवको पहिचान गरेकाले अव पोष्टमार्टम रिपोर्टले मात्रै बाकीँ कुरा बताउने छ ।

सम्बन्धित खवर