मिस्टर एण्ड मिस टिन पुर्वान्चल को उपाधि अर्नब र अनुज्ञा लाई

मिस्टर एण्ड मिस टिन पुर्वान्चल को उपाधि अर्नब र अनुज्ञा लाई

बिराटनगर–बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो । कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम, पहिलो रनरअप शाक्षी प्रधान, दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्वाइस अवार्ड अर्तिमा बस्नेतले जित्न सफल भएकी थिइन् ।

यता, मिस्टर टिन तर्फ पब्लिक च्वाइस अवार्ड र बिजेता अर्नब दत्त , पहिलो रनरअप आर्य थापा , दोस्रो रनरअप रिजन रेग्मीले जित्न सफल भएका थिए । फिनालेको निर्णायकको रुपमा मुख्य निर्णयक फेशन डिजाइनर उत्तम बनेपाली श्रेष्ठ , नायिका रेश्मा घिमिरे , मोडल विकल्प राज श्रेष्ठ , ब्यापारी स्वतन्त्र प्रताप शाह , मिस ग्राण्ड नेपालका निर्देशक राम केसी रहेका थिए । कार्यक्रम संचालन मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा मिस नेपाल कै मेकअप आर्टिस्ट रिता ढकाल र सुशील स्वेक्षा रहेका थिए । कार्यक्रममा गाउन रोयल भेल्भेट बुटिक साथै क्याजुअल ड्रेस गाइज ग्यलरीले उपलब्ध गराएको थियो । बिजेताले बिभिन्न पुरस्कार साथै अवार्ड पाएका थिए ।

सम्बन्धित खवर