पथरीमा फेरि अर्को शव भेटियाे

पथरीमा फेरि अर्को शव भेटियाे

पथरी, पछिल्लो समय पथरीशनिश्चरेमा निकै मानिसको शंकास्पद रुपमा मृत्यु हुँदै अाएकाे छ । केही घटनाका दाेषी पनि पत्ता लागेका छन् । तर धेरै जसाे घटनामा अाम पथरी बासी सन्तुष्ट रहेकाे पाइदैन । यस्तै साेमबार पनि  पथरीशनिश्चचरे २ स्थित सुन्दर सामुदायिक वनमा एक व्यक्तिको शव फेला परेको छ।

अन्दाजी ४५ बर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन। शव सडिएको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए। रातो टि सर्ट लगाएको र पेन्ट आधी खोलिएको अवस्थामा शव फेला परेको हो।

सम्बन्धित खवर