विद्यार्थी बेहोस, शिक्षिका मोबाइलमा मस्त

विद्यार्थी बेहोस, शिक्षिका मोबाइलमा मस्त

मोरङ, छेउमा छात्राहरु बढी गर्मीका कारण बेहोस भएर ढलेका छन् । उनिहरुका साथिहरुले हम्की रहेका छन् तर सोही समयमा शिक्षिकाहरु भने आफ्नै मोबाइलमा व्यस्त रहेको दृष्य सार्वजनिक भएको छ ।

यो सार्वजनिक भएको दृष्य हो, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ११ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको । सो विद्यालयमा अध्ययनरत छात्राहरु आईतवार बिरामी भई बेहोस् भएका थिए । कक्षा ६ मा अध्यनरत ४ जना छात्राहरु आईतवार बिहान विद्यालय समयमा बेहोस् भएको विद्यालयका प्रधानाध्यापक सुनिल झाले बताएका छन् । उनिहरु शुक्रबार पनि विरामी भएको तर उनिहरुलाई विद्यालय नआउनु भनिएको भएता पनि आईतवार पूनः विद्यालय आएको र गर्मीको कारण टाउको दुखेपछि उनिहरु बेहोस भएको बताएका छन् । विद्यार्थीहरुलाई स्कुलमा रहेको प्राथमिक उपचार पश्चात अभिभावकको रोहबरमा घर पठाइएको झाले बताएका छन् ।

 

सोही समयमा शिक्षिकाहरु मोबाईलमा मस्त रहेको फोटो सार्बजनिक भएपछि प्रधानाध्यापक झाले अनुसन्धान गर्ने र गल्ति भेटिए कारबाही गर्ने बताएका छन् ।

सम्बन्धित खवर