नगरका ४ वटा योजना अनुगमन

नगरका ४ वटा योजना अनुगमन

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको अनुगमन् समितिले नगरमा भएका विकास निर्माण कार्य चुस्त रुपमा सम्पन्न गर्न सुझाव दिँदै अनुगमन् कार्य गरिरहेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज ४ वटा योजना अनुगमन् भएका छन् ।

वडा नम्वर ५ मा ७५ लाखको लागतमा वक्राहा नदी नियन्त्रणका लागि तारजाजी लगाउने कामको अनुगमन् भएको छ । त्यसैगरी, वडा नम्वर ४ को कुशलचोकस्थित माताचोकमा २ लाख ८१ हजार रकमको ५ सय ५ मिटर लम्वाई र ४ मिटर चौडाईको सडक ग्राभेल पनि अनुगमन् भएको छ ।

५ लाखको बजेटमा ६ नम्वर वडाको दुर्गा आधारभूत विद्यालयको कम्पाउण्ड वाल र वडा नम्वर २ र १० को सिमानाको पथरी खोलामा भएको पुल निर्माणको अनुगमन् भएको अनुगमन् सदस्य एवम् नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । २४ लाखको लागतको सो पुल १० मिटर ५० सेमी लम्वाई र ५ मिटर १० सेमी चौडाईको रहेको छ ।

सम्बन्धित खवर