पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको महिला विकास शाखाको आयोजनामा नगरमा स्थापित मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।
लैंगिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका निर्वाह गर्ने मेलमिलापकर्तालाई प्रदान गरिएको तालिमको समापन नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले गर्नुभएको छ । उहाँले नगरमा अवका दिनमा समेत न्याय सम्पादनका बारेमा पुनतार्जगी तालिमहरु सञ्चालन गर्दै न्याय सम्पादनलाई चुस्त वनाउँदै जाने वताउनु भयो ।
तालिमका सहभागि रुक्मिणा बजगाईं र घनश्याम भट्टराईले तालिमको उपयोगिताका बारेमा चर्चा गर्नुभयो ।
१० वटा वडामा गठित मेलमिलाप केन्द्रका ३० जना बढीको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता रुकमिणा दहाल र विमला भट्टराई वस्नेतले गर्नुभएको थियो ।