अज्ञात समूहद्वारा एक्स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा एक्स्काभेटरमा आगजनी

सोलुखुम्बु–सोलुखुम्बुको तिङ्ला भदौरेमा रहेको ८६ मेगावाट क्षमताको हाइड्रोपावरको एक्स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । निर्माणाधीन हाइड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार आगजनी गरेको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट बिहान ७ बजे प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा प्रहरी परिचालन भएको जनाइएको छ । यो क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन नसकेको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

हाईड्रोपावरका निर्देशक भिम पाठकका अनुसार आगजनी भएको एक्स्काभेटर हाइड्रोमा कार्यरत कन्स्ट्रक्सन कम्पनीको हो ।

सम्बन्धित खवर