लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको बरियारपटटि गाउँ पालिका ३ बाट ३ जना लाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय बरियारपटटिबाट खटिएको प्रहरीटोलीले बरियारपटटि गाउँपालिका ३ हब्लदार चौकबाट चेकजाँचगर्ने क्रममा लहान नगरपालिका २ का ३१ बर्षीय सन्जय कुमार महतो, लहान न. पा.  वडा न-८ का २१ बर्षीय राजेश राय र सोही ठाउँ वडान ७ का ३४ बर्षीय रबि भुजेल लाई पक्राउ गरेको हो।

पक्राउ परेका स्कुटि चालक महतोको साथबाट नाइटो सन टयाब्लेट -१० पिस लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। महतोको साथमा रहेको स्कुटि को ३८ प ३८९६ पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छ्न ।

सम्बन्धित खवर