पैसाको बार्गेनिङ्ग गर्ने प्रहरी हवलदार सहित तिन जना पक्राउ

पैसाको बार्गेनिङ्ग गर्ने प्रहरी हवलदार सहित तिन जना पक्राउ

राजेन्द्र महतो, लहान

सिरहा जिल्लाको सिरहा नगरपालिका ७ ट्राफिक चौकबाट पैसाको बार्गेनिङ गर्ने प्रहरी सहित ३ जना पक्राउ परेका छन् । भारतबाट अबैध रूपमा राजस्व छली ल्याएको सामान छोडिदिन पैसाको बार्गेनिङ्ग गरिरहेको अवस्थामा डयुटीमा खटिएका एक प्रहरी हवलदार सहित तिन जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रण्मा लिएको हो । प्रहरी अशोककुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँगै भारतीय बजार जयनगरबाट भन्सार छली गरी सामान ल्याइरहेका गोलबजार नगरपालिका ४ की रंजीता साह र विष्णपुर गाउँपालिका ३ को शिवशंकर साह रहेको छ।

ज१ज ४०२ नम्बरको म्याजिक गाडी लाई रोकेर चेकजाँचको क्रममा प्रहरी हबलदार यादवले साइकलका पार्ट्स भन्सार छलेर सामान ल्याएको भन्दैशिवशंकरसँग सय पचास रुपैयाँ दिए मात्रै सामानछाड्ने ुबार्गेनिङु गरिरहेको समयममा प्रहरीले पक्राउ गरेको हो।

साह ३ हजार २ सय रुपैयाँ मुल्य बराबरको साइकलका पार्ट्स भारतीय बजार जयनगरबाट म्याजिक गाडी मा ल्याइरहेको थियो । पक्राउ परेका तीनमध्ये सामानसहित रंजितालाई भन्सार कार्यालय माडरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डीएसपी अपिलराज बोहराले बताएका छ्न।

पक्राउ परेका प्रहरी हबल्दार यादवलाई आन्तरिक कारवाही अगाडी बढाइएको र गाडी चालक शिवशंकरलाई जिल्ला प्रशासन कार्यालयबाट पैसा लेनदेनमा बार्गेनिङ गरेको भन्दै सार्वजानिक अपराध मुद्दामा ४ दिनको म्याद थप गरी कारवाहीको प्रक्रिया अगाडि बढाएको डीएसपी बोहराले बताएका छन् ।

सम्बन्धित खवर