वडा नं. ३ को अध्यक्षमा आचार्य

वडा नं. ३ को अध्यक्षमा आचार्य

तिलक नेपाली, उर्लाबारी

युवा जागरण नेपालको आयोजना तथा उर्लाबारी नगरपालीकाको सहयोग र वडा नं. ३ को समन्वयमा शु्क्रबार आशिष आचार्यको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बाल क्ल्ब संजाल गठन भएको छ।

उर्लाबारी नगरपालिका वडा नं. ३ को दु्र्गा मन्दिरको शभाहलमा भएको कार्यक्रमबाट उपाध्यक्षमा सुम्निवा शेर्मा सचिबमा पूजा निरौला सह–सचिवमा निश्चल पौडेल कोषाध्यक्षमा आदित्य दाहाल र त्यस्तै गरेर सदस्यहरुमा आयुस सिटौला, निर्मला उराव, प्रशान्त खतिवडा, बविता कार्की, टिकाराम बोहरा, सन्ध्या राई, बविता गुरुङ, छबि बहादुर बोहरा कैलाश श्रेष्ठ र ग्रीष्मा थापा सर्बसम्मत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष गंज बहादुर कार्कीले शुभकामना दिनु हुदै वडा नं. ३ लाई नगरकै नमुना वडा बनाउने उदधोष गर्नुभयो । वँहाले सडक बालबालिका र कुलतमा फसेका बालबालिकाहरुलाई संजालले जनचेतना मार्फत सुधार गर्नु पर्नेमा जोड दिनुभयो । कार्कीले वडामा आगामी बर्षको बजेट तथा योजना छनौट हुदै गरेकाले संजाललाई आवश्यक योजना पेश गर्न समेत अनुरोध गर्नुभएको छ ।


कार्यक्रममा वडा सदस्य भिष्म बुढाथोकी, सोम प्रसाद तिम्सिना, सम्झना महत, तुलसा देबि धिमीरे युबा जागरण नेपालका सल्लाहकार तथा मदन भण्डारी प्रतिष्ठान नेपालका सामाजिक बिकास अधिकृत रुद्र बहादुर तामाङ लगायतले नबनिर्बाचित वडा बाल संजाललाई जुनसुकै साथ सहयोग गर्न आफुहरु तयार रहेको प्रतिबद्धता गर्दे सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उर्लाबारी वडा नं. ३ मा रहेका १ वटा सामुदायिक बिधालय र ४ वटा निजी बिधालयको शिक्षक प्रतिनिधी र बाल क्लबका प्रतिनिधी सहित ५६ जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा युवा जागरण नेपालको अध्यक्ष अर्जुन बास्तोलाको सहजीकरणमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर