तराईमा गर्मी बढ्यो, गर्मीमा स्वास्थ्य रहने २२ टिप्स !

तराईमा गर्मी बढ्यो, गर्मीमा स्वास्थ्य रहने २२ टिप्स !

बिराटनगर लगायत तराइमा गर्मीको कारण स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्छ । एक त खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । अर्को्तिर झिँगा, साङ्ला (कक्रोज) लगायत फैलिने भएकाले पनि खानेकुरा दुषित हुन्छ ।

त्यस्तै सडकमा बिक्रीमा खुला राखिएका खानेकुरा समेत स्वस्थ्यकर हुँदैन । यस्तो अवस्थामा खाना अपच हुने त छँदैछ, फूड प्वोइजनिङको समस्या पनि हुनसक्छ ।

गर्मीमा स्वास्थ्य रक्षा गर्ने २२ उपयोगी टिप्स

१. धेरै मात्रामा पानी उमालेर बोतल वा भाँडामा राख्नुहोस । माटोको भाँडामा राखेमा सर्बोत्तम । प्रत्येक घण्टा दुई गिलास पानी पिउनुहोस ! काममा जाँदा पानी लिएर जानुहोस । पिशाब जति सेतो वा पानीजस्तो हुन्छ, त्यति नै स्वास्थ्य राम्रो हुन्छ ।

२. कोल्ड ड्रिंक्स नखानुहोला ।कोल्ड ड्रिंक्सले शरीरमा झन् डीहाइड्रेसन् बढाउँछ । अर्थात पानीको मात्रा घटाउँछ ।

३. दही, मही, लस्सी, बेल वा घ्युकुमारीको सर्वत पाएसम्म सेवन गर्नुहोस ।

४. काँक्रो, खर्बुजा लगायत पानीको मात्रा धेरै हुने फलफुल, सागपात खानुहोस ! मासुको मात्रा कम गर्नुहोस ।

५. चिउरा, दाल्मोड़, जंक फुड आदिको सेवन नगर्नुहोस ।

६. मदिराको सेवन नगर्नुहोस । गर्नै परेमा बियर मात्र बढीमा १ बोतल खाँदा कम हानि हुन्छ ! सकभर बियर पनि नखानुहोस ।

७. ताजा र घरकै खाना खानुहोस ।

८. सकभर बिहान र बेलुका काम गरेर दिउँसो आराम गर्नुहोस ।

९. लामो सास शरीर भित्र लिने र सबै सास रित्तो हुनेगरी फेर्नुहोस ! सित्कारी प्राणायाम लाभकारी हुन्छ ।

१०. बाहिर निस्कदा हल्का कटनको कपडा, स्क्रिन लोसन, सन् ग्लास ( कालो चस्मा ) लगाउनुहोस ।

११.पसिना आउन्जेल ब्यायाम गरेर नुहाउनुहोस् ।काम वा ब्यायाम गर्दा पानीको मात्रा कमि नहोस ।

१३. झोलिलो खाना खानुहोस ।

१४. मसलादार खाना नखानुहोस ।

१५. राति छिटो सुत्नुहोस, बिहान सबेरै उठ्नुहोस ।

१६. छालालाई ताप र एलार्जिबाट रक्षा गर्न खुकुलो लाम्बाहुले कपडा लगाउनुहोस ।

१७. बालबालिका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगे नपुगेको ख्याल गर्नुहोस ।

१८. सम्भब भएमा पौडी खेल्नुहोस ।

१९. शरीरका कोमल अंगहरुलाई बिशेष ख्याल गर्नुहोस ! लिप केयर, आँखामा सुख्खा नहुने थोपा ( चिकित्सकको सल्लाह बमोजिम ) प्रयोग गर्नुहोस ।

२०. सबैभन्दा ठूलो कुरा फुड प्वाइजनिंगबाट बच्न सरसफाइमा ध्यान दिनुहोस् ।

२१. लामखुट्टे, सर्प आदिबाट होसियार रहनुहोस ।

२२. छालामा काँक्रो, गोलभेडा, घ्युकुमारी, पाउडर, बोडी लोसन आदिले एलर्जीबाट बचाउनुको साथै छालालाई रक्षा गर्दछ ।

सम्बन्धित खवर