लौकहीबाट लागूऔषध सहित युवक पक्राउ

लौकहीबाट लागूऔषध सहित युवक पक्राउ

सुनसरी–सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट प्रहरीले बिहिवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित प्रहरीले मोरङ बेलबारी नगरपालिका ३ बस्ने बर्ष २१ को नवराज राईलाई पक्राउ गरेको हो । बिहान ९ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरानबाट काठमाण्डौ जाँदै गरेको बा४ख८३३ नम्बरको हायस गाडीमा चेकजाँचको क्रममा राईलाई लागूऔषध नाईट्राजेपाम १ सय ६३ चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर