धरानमा डेंगु प्रभावितको संख्या ४ सय नाघ्यो, धरानलाई महामारीको रुपमा घोषणा गरेर अघि बढ्न चिकित्सकको सुझाव 

धरानमा डेंगु प्रभावितको संख्या ४ सय नाघ्यो, धरानलाई महामारीको रुपमा घोषणा गरेर अघि बढ्न चिकित्सकको सुझाव 

धरान–धरानमा मंगलवार साँझसम्ममा डेंगु संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए । गत बैशाख २९ गतेदेखि देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । तर नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

सोमबारसम्म ३६८ जनामा संक्रमण देखिएकोमा मंगलवार कति थपिए भन्ने बिवरण बिपिकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट प्राप्त नभएकोले मंगलवार साँझसम्मको एकिन तथ्यांक नआएपनि प्राप्त जानकारी अनुसार झण्डै चार सय जनामा डेंगुको संक्रमण देखिएको प्रसाईले बताए ।

डेङ्गुको जिवाणु पत्ता लगाउन ल्याब टेष्टका लागि किट कम आउने गरेकाले पत्ता लगाउन र रिपोर्ट आउन ढिलाई भएकोछ । धरानमा अहिले देखिएको डेंगु नियन्त्रणमा लिनको लागि धरानलाई महामारीको रुपमा घोषणा गरेर अघि बढ्न चिकित्सकले सुझाव दिएका छन् । धरानका मात्र एकै दिनमा ५० जना भन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

सचेतनाको हिसावमा निक्कै प्रभावकारी काम भएपनि संक्रमणको दर नरोकिएको प्रसाईले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयले सुनसरीले ३ जना कर्मचारी २४ सै घण्टा कार्यस्थलमा खटाएको जनाएको छ । त्यस्तै धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको टोली तथा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बिज्ञ टोली पनि हरेक दिन प्रभावबित स्थलमा नै हुने गरेको छ ।

श्रोत र साधनको अभावका कारण केही समस्या देखिएपछि प्रदेश सरकारसँग माग गरिएको जानकारी दिए । अब बिद्यार्थी तथा स्वास्थ्य स्वयम सेबिकालाई समेत परिरचालन गरेर अभियानलाई थप प्रभावकारी बनाउने बारेमा काम भईरहेको प्रसाईले जानकारी दिए ।

डेंगुको प्रकोप उच्च बिन्दुमा रहेको भएपनि नियन्त्रण बाहिर भने गईनसकेको विज्ञ टोलीले जनाएको छ । एउटै समयमा एउटै ठाउँमा धेरै मान्छेलाई संक्रमण भएको अबस्थामा त्यो समस्याको रुपमा रहने गरेको जानकारी दिँदै अन्य क्षेत्रहरुमा पनि डेंगु संक्रमितको संख्या बढेको छ ।

सम्बन्धित खवर