ट्रयाक्टर दुर्घटनाहुदाँ च्यापिएर सहचालकको को मृत्यु

ट्रयाक्टर दुर्घटनाहुदाँ च्यापिएर सहचालकको को मृत्यु

सुनसरी–सुनसरीको बराह नगरपालिका ८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक स्थानीय ३२ बर्षीय मोहमद मिया ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई च्यापिएका सहचालकलाई उद्धार गरी उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो १२ः२० मा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित खवर