पथरीशनिश्चरेमा एक पुरुष मृत फेला

पथरीशनिश्चरेमा एक पुरुष मृत फेला

पथरी, मोरङको पथरीशनिश्चरे वडा नं. ५ बालुवाटारमा एकजना पुरुष मृत फेला परेका छन् । पथरीशनिश्चरे वडा नं. ४ का करिब ५५ वर्षीय अर्जुन माझी मंगलबार विहान नालीमा मृत अवस्थामा फेला परेका हुन् ।

स्थाइ घर वडा नं. ४ मा भएता पनि पछिल्लो समय उनका काका पर्ने वडा नं. ५ कै गम्भिर माझीको घरमा बस्दै आएका थिए । सोमबार राति नै उनले मापसे गरेको र रातको समयमा ठुलो पानी पनि परेकाले वेसुरमा रहेका माझी नालीमा पसेको समयमा ज्यान गएको हुन सक्ने अनुुमान गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । माझीको शब पोष्टमार्टमका लागि मंगलबारे स्वास्थ्य चौकी लगिएको थियो । हाल पोष्टमार्टमको काम सकिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर