यी युवतीले पुरुषको एक पटक ओछ्यान तताएको ८२ डलर लिन्छिन्

यी युवतीले पुरुषको एक पटक ओछ्यान तताएको ८२ डलर लिन्छिन्

रसिया, मस्कोकी एक युवतीले आफ्नो अतिरिक्त कमाईको लागि निकै नौलो र भिन्न तरिका अपनाएकी छिन् । उनको काम निकै रोचक छ – कुनै एक व्यक्तिको ओछ्यान तताउनका लागि एक घण्टासम्म सुत्ने, सकारात्मक ऊर्जा भरिदिने र मिठो निन्द्राको ग्यारेन्टी दिने ।

२१ वर्षीया भिक्टोरिया इभाच्योभालाई भाडामा लिएर मानिसहरुले आफ्नो ओछ्यान तताउने गर्दछन् जसका लागि उनलाई प्रत्येक रातको ८२ डलर र मासिक रुपमा १७ सय डलर प्रदान गर्छन् ।

पत्याउनुस् वा नपत्याउनुस्, उनले अहिलेसम्म १० जना ग्राहकको ओछ्यान तताइसकेकी छिन् । उनीबारे स्थानीय संचारमाध्यममा समाचार आइरहँदा उनको यो व्यवसाय निकै फस्टाउने अनुमान गरिएको छ ।

वास्तवमा, ग्राहकको मागलाई सम्बोधन गर्न भिक्टोरियाले ओछ्यान तताउने एक महिलाको समूहलाई तयार पारिसकेकी छिन् ।

उनले यी सबैकुरा कसरी गर्छिन् त रु यो वास्तवमा नै सजिलो छ । कुनै ग्राहकले उनको वेबसाइटमा रिक्वेट पठाएपछि उनले ती ग्राहकलाई फोन गर्छिन् र आफ्नो सेवा सुविधाबारे विस्तृत जानकारी दिन्छिन् ।

यदि उनले तोकेको सबै शर्त, सुविधामा ग्राहकको मञ्जुरी भए, ओछ्यान तताउने दिन तय गरिन्छ । तोकिएको समयमा ग्राहक सुत्नुभन्दा एक घण्टा अघि भिक्टोरिया पाइजामा लगाएर ग्राहकको ओछ्यानमा पल्टिन्छिन् ।

उनी सुतिरहेको बेला ग्राहकले उनीसँग कुराकानीसमेत गर्न सक्छन्, यदि ग्राहकले चाहेको खण्डमा । भिक्टोरिया भन्छिन्, ‘म मानिसहरुको कुरा सुन्न सक्छु । धेरैजसो मानिसहरुले आफ्नो व्यक्तिगत कुरा परिचितसँग भन्दा पनि अपरिचितसँग गर्न मनपराउँछन् ।’

एक घण्टा बितेपछि उनी लुगा फेर्छिन् र त्यहाँबाट निस्किन्छिन् । ओछ्यान तताउनु अघि वा पछि, उनले कतिबेला पैसा लिन्छिन् भन्ने विषयमा भने जानकारी उपलब्ध छैन । भिक्टोरियाका अनुसार उनले ओछ्यान तताउनुका साथै ग्राहकलाई आफ्नो सकारात्मक ऊर्जा सारेबापत् पनि लिने गरेको बताइन् ।

मानिसहरु सँगको छोटो कुराकानीपश्चात् नै उनले आफ्नो सकारात्मक ऊर्जा सार्न सक्ने क्षमता आफूसँग भएको बताइन् । आफूले निश्चित रुपमा के गर्ने भन्ने थाहा नभएपनि आफूसँग केही भिन्न शक्ति भएको उनको दाबी छ ।

२१ वर्षीया यी युवतीले रसियाली लेखक एनातोली म्यारियनगोफको एउटा किताब पढेपछि यस्तो सोच आएको जानकारी दिइन् ।


सम्बन्धित खवर