भीषण आँधीका कारण ८ जनाको मृत्यु, ११ जना घाइते

भीषण आँधीका कारण ८ जनाको मृत्यु, ११ जना घाइते

पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । आँधीमा परी अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियोले मङ्गलबार सो जानकारी दिएको छ ।

आँधी र चट्याङक सोमबार साँझ एक साथ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा तीन, सिओहारमा एक, सितामढीमा एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो । यी जिल्लाहरुमा अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको थियो ।

भीषण रुपमा आएको आँधीका कारण कैयो रुखहरु ढलेको र धुलोसहितको यस आँधीका कारण विद्युत आपूर्तिमा आवरुद्व भएको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको थियो ।


सम्बन्धित खवर