डेंगु प्रभावितको निःशुल्क उपचारका लागि प्रदेश १ को ५० लाख

डेंगु प्रभावितको निःशुल्क उपचारका लागि प्रदेश १ को ५० लाख

मोरङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको बताएका छन् । प्रभावित क्षेत्रमा प्रदेश सरकारले अन्य आवश्यक काम समेत गरिरहेको राईले जानकारी दिएका छन् ।

प्रदेशसभाको बैठकमा बोल्दै राईले डेंगु नियन्त्रणका लागि चिकित्सकको टोली घटनास्थलमै रहेको, डेंगु प्रभावित बिरामीको निःशुल्क उपचारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको समेत बताएका हुन् ।

सम्बन्धित खवर