कानुनमा सबै बराबर छन्

कानुनमा सबै बराबर छन्

तिलक नेपाली,उर्लाबारी

“जातिय छुवाछुत र भेदभाव कानुनी अपराध हो ” भन्ने नारा सहित माेरङकाे उर्लाबारी नगरपालिका वडा न. -४ मा २ दिने दलित समुदायको लागी कानुनी प्रशिक्षण कार्यक्रम सोमबार सुरु भएको छ ।

उर्लाबारी नगरपालीकाको सहयोग वडा नं. -४ को समन्वय र दलित वर्गलाई कानुनी प्रशिक्षण उपभोक्ता समिति उर्लाबारी ४ को आयोजनामा संचालित २ दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दे प्रमुख अतिथि उर्लाबारी नगरपालीका प्रमुख खड्ग फागोले तालिममा सहभागी लाई शुभकामना दिदै कानुन सबैको लागी बराबर छ संबिधान मा छुवाछुत अन्तय भईसकेकोले जातकों आधारमा कोही ठुलो सानो नहुने कुरा बताएका छन । वहाले उर्लाबारी नगरपालिकाबाट दलितको लागी आगामी निती तथा कार्यक्रम मा दलित मैत्री बजेट को व्यबस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनसे दलित लाई न्याय हुने गरी यसपाली बजेट ल्याउने समेत बताएका छन् ।

उद्घाटन सत्रमा शुभकामना दिदै वडा नं – ४ का कार्यबाहक वडाअध्यक्ष कृष्णमाया कडरियाले लक्षित तथा वडाका दलित वर्गलाई संबिधान र कानुन का बिषयमा जानकारी गराउने उदेश्यले उर्लाबारी नगरपालिका बाट चालु आ.ब.मा यसवडालाई रु. ५० हज़ार बिनियोजन गरिएको बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य कल्याण कुमार ,सोही वडाको सृजना आधारभूत बिधालयका प्र.अ. मणिराज दाहाल,नारी बिकास संघ का अध्यक्ष निर्मला रसाईली लगायतले आफ्नो वडालाई दलित मैत्री वडा बनाउन सक्दो सहयोग र लागी पर्ने भनि प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उर्लाबारी नगरपालिका वडा नं -४ को सबै टोलबाट नछुटने गरि पत्रचार बाट वडाबाट ७५ जना भन्दा बढ़ी दलित महिला पुरुष को सहभागीतमा जेष्ठ २७ गते देखि २८ गते सम्म उर्लाबारी -४ को रामेश्वर शिबालय मन्दिर को सभाहलमा तालिम समपन्न हुने कार्यक्रमका शभाध्यक्ष गंगा दास ले बताउनु भयो ।

सहभागीलाई २ दिनसम्म रिडेफ नेपाल बिराटनगर अध्यक्ष उमेश बिश्वकर्माले प्रशिक्षण गर्नुहुने अनुगमन समिति को सदस्य तीलक रोक्काले बताएका छन ।

सम्बन्धित खवर