पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतमबुद्धको मूर्ति बन्ने

पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतमबुद्धको मूर्ति बन्ने

काँकडभिट्टा–नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ । मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो । मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा उक्त मूर्ति स्थापनाका लागि तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताए । पूर्वी नाकाबाट दैनिक सयौं पर्यटक नेपाल भित्रिने भएकाले भगवान् बुद्वको मूर्ति स्थापना गर्न लागिएको उनको भनाइ थियो ।

सम्बन्धित खवर