प्रथम चिवा कपको उपाधि ब्लु–रे–लाई

प्रथम चिवा कपको उपाधि ब्लु–रे–लाई

नमस्ते चिवा जापानले आयोजना गरेको प्रथम चिवा कप फुटसलको उपाधि ब्लु–रे एफसीले आफ्नो पोल्टामा पारेको छ । आइतबार जापानस्थित चिबा केन फुनाबासीको क्लब भिभिटमा भएको खेलमा ब्लु–रे एफसीले नर्थन (केटीएम)लाई जितेको हो ।

निक्कै नै रोमान्चकपूर्ण फाइनल खेलमा नर्थन (केटीएम)ले धेरै राम्रा अवसरहरु प्राप्त गरेका थिए । तर, सही तरिकाले सदुपयोग गर्न नसक्दा नर्थनले दोस्रो स्थानमै चित्त बुझाउनुप¥यो । विजेता टिमले २०२२२२ येन र उपविजेताले १०११११ येन प्राप्त गरेका थिए । यस्तैगरी बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइस्कोरर, बेस्ट प्लेयरले पनि ५००० येन र नेपाली कथानक चलचित्र पुरानो बुलेटको टिकट पनि प्राप्त गरेका छन् । बेस्ट गोलकिपर र बेस्ट डिफेन्स नर्थनको खेलाडीले प्राप्त गरे भने बेस्ट प्लेयर र हाईस्कोरर ब्लू–रे का खेलाडीले प्राप्त गरे । फाइनल खेलको प्रमुख अतिथि एनआरएन चिवाका उपाध्यक्ष विश्वराज सुवेदी, कोउतोकु कुयाकुस्योका कार्यालय सहायक सिनोजाकी ओसामुको पनि उपस्थिति रहेको थियो ।

विजेता र उपविजेता टिमलाई अतिथिहरुले शिल्ड मेडल र प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा जम्मा १२ वटा टिमको सहभागिता रहेको खेलमा दुई चरण लिग खेल भएको थियो भने बाँकी नकाउट खेल भएको आयोजक नमस्ते चिवाको उपाध्यक्ष राजेश मैनालीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर