सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

सुनसरी–सुनसरीको कोशी गाउँपालिका ८ भाण्टावारीमा आइतवार जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राती साढे १० बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को मोहमद सद्रुल मियाँ र निजकै छोरी बर्ष ३८ की नेहरुल खातुन घर नजिकै रहेको केराबारीको हेरचाह गर्न जाने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट ४, ५ वटाको समूहमा निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका बावु छोरीलाई सिमा प्रहरी चौकी भाण्टावारीबाट प्रहरी टोली खटि गई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा राती पौने ११ बजे बावु सद्रुल मियाँको मृत्यु भएको हो भने अर्की घाइते खातुनको सोही अस्पतालमा उपचार भईरहेको छ । उक्त जंगली हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा वन्यजन्तु आरक्षण केन्द्र तर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर