क्रिकेटमा वडा नंं ६ र ७ विजयी

क्रिकेटमा वडा नंं ६ र ७ विजयी

पथरी, खेलकुद विकास समिति कानेपोखरीको आयोजनामा भएको क्रिकेट खेलमा वडा नं. ५ विजयी भएका छन् । १६ ओभरको खेलमा वडा नं. ५ ले ८ वीईकेट बचत गर्दै विजेता बनेका छन् ।

टस जितेर व्याटिङ गरेका वडा नं. ३ ले वडा नंं ५ लाई ७४ रनको टारगेट दिएका थिए । खेलको म्यान अफ द म्याच लोमस निरौला घोषित भएका थिए । त्यसैगरी आइतबार भएको क्रिकेट खेलमा ६६ रनको जित निकाल्दै वडा नं. ७, विजयी भएको छ । २० ओभरको खेलमा ब्याटिङ रोजेर मैदानमा उत्रिएका वडा नंं. ६ ले १७९ रन बनाएका थिए । १८० को टार्गेट लिएर मैदानमा उत्रिएका वडा नंं ४ ले ११३ रनमा अल आउट गएको थियो । खेलको म्यान अफ द म्याच विकास थापामगर घोषित भएका थिए ।

मंगलबारको खेल वडा नंं ७ र वडा नं. २ विच खेल हुने खेल संयोजक रोषन तिम्सिनाले बताए ।

सम्बन्धित खवर