अभिभावक अभिमुखिकरण गर्दै छ एभरेष्ट मल्टि टेक्नीकल कलेज

अभिभावक अभिमुखिकरण गर्दै छ एभरेष्ट मल्टि टेक्नीकल कलेज

उर्लाबारी, मोरङको उर्लाबारीमा रहेको एभरेष्ट मल्टि टेक्नीकल कलेजले अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पनन् गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै एभरेष्टले आफ्ना विद्यार्थीहरुको नतिजा अथवा सिकाइ अवस्था (विद्यार्थी प्रगति)का बारेमा पनि अभिभावकलाई जानकारी गराएको छ ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण मदन भण्डारी प्रतिष्ठानका सामुदायिक विकास अधिकृत रुद्र बहादुर तामाङले गर्नुभएको थियो । तामाङले वर्तमान अवस्थाका बारेमा सहजीकरण गर्दै युवाहरुको भूमिकाका विषयमा समेत उत्प्रेरण दिनसभयो । विद्यार्थीको वर्तमान अवस्थाका बारेमा कलेजका संस्थापक प्रिन्सीपल सुवन ढकालले जानकारी दिनुभयो । पछिल्लो समयमा प्राविधिक शिक्षाको महत्व वढेर गएकाले पनि कम्प्युटर तथा अन्य विभिन्न विषयमा दक्षहुन आवश्यक रहेको ढकालको भनाइ थियो । कार्यक्रमा मिस्ट कलेज दमकका प्राध्यापक घनश्याम न्यौपाने, दमक जे सी आर कलेज अफ होटल मेनेज्मेन्टका प्राध्यापक प्रतिनिधिज्यूहरु, इस्टर्न् इम्पायर कलेज अफ होटल मेनेज्मेन्ट्का प्राध्यापक प्रतिनिधिज्यूहरु, मोरङ मोडेल कलेजका प्राध्यापक सिताराम ओझा, लगाएतको उपस्थीति रहेको थियो । कलेजले उर्लाबारी, रतुवामाई तथा मिक्लाजुङ इलाकाका अभिभावकका साथ विभिन्न व्यक्तिहरु विचमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

भएरेष्टले यही असार ११ गते देखि आफ्नो १० औँ वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा विभिन्न कार्यक्रमहरु तय भइसकेको प्रिन्सीपल सुवन ढकालले जानकारी दिनुभयो ।


 

सम्बन्धित खवर