गाउँपालिकामा घरघरमा विजुली बत्ती बलेपछि  स्थानिय हर्षित

गाउँपालिकामा घरघरमा विजुली बत्ती बलेपछि  स्थानिय हर्षित

पाँचथर–पाँचथरको दक्षिणी भेगमा अवस्थित तुम्बेवा गाउँपालिकामा घरघरमा विजुली बत्ती बलेपछि स्थानिय हर्षित भएका छन् । विधुतीकरण भएपछि शनिबार एक कार्यक्रमका वीच आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो मौसमले स्वीच थिचेर विधुतको उद्घाटन गरेका थिए।

उद्घाटनपछि बोल्दै मन्त्री आङ्बोले अध्यारोमा रहेका स्थानिय तहलाई अव चाँडै उज्यालो पालिका बनाउने लक्ष्यका साथ सरकार लागि परेको बताए ।नेपाल विद्युत प्राधिकरणले जिल्लाको कुम्मायक गाउँपालिकाको यासोकबाट राष्ट्रिय प्रसारण लाइन विस्तार गरेर तुम्बेवामा विजुली बत्ती बालेको हो ।

उक्त क्षेत्रमा विद्युतीकरणका लागि विद्युत प्राधिकरण इलामले वि.स.२०६५ सालदेखि नै काम थालेको थियो। तर विद्युतीकरणको काम अपेक्षित ढंगले नभएपछि पाँचथरको फिदिममै शाखा स्थापना गरेर विद्युतीकरणको कामलाई तीब्रता दिइएको थियो । बत्ती बलेपछि भने गाउँपालिका अध्यक्ष होमनाथ थापाले तुम्बेवावासीको वर्षौंदेखिको बत्ती बाल्ने सपना पूरा भएको र स्थानियवासीमा खुशियाली छाएको बताए ।

पहिलो चरणमा विद्युतिकरण तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजार क्षेत्रमा मात्रै गरिएको छ । अविनम निर्माण सेवा कम्पनी लिमिटेडले प्रसारण लाइनको काम गर्दै आएको छ । चालु आर्थिक वर्षको असारसम्ममा तुम्बेवा गाउँपालिका १ आङनाको लुमाङदिङ–ढुकुरे हुँदै डिही गाउँसम्मै विद्युतीकरणको काम हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युतीकरण नगर्ने क्षेत्रमा भने जोरसल्ले ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले गर्ने भएको छ ।

काबेली विद्युत प्रसारण लाइनबाट विद्युत विस्तार गर्न सहकारीसँग १५ करोड ९६ लाख बढी बजेट छ। हालै प्रसारण लाइन विस्तारका लागि ठेकेदार कम्पनी छनौट गर्न टेण्डर पनि आह्वान गरिएको सहकारीका अध्यक्ष सोमप्रसाद भण्डारीले बताए ।

सम्बन्धित खवर