अध्यक्षमा न्यौपाने

अध्यक्षमा न्यौपाने

तिलक नेपाली, उर्लाबारी

मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ को बाल संजाल अध्यक्षमा सुबरत न्यौपाने विजयी भएका छन् । युवा जागरण नेपालको आयोजनामा आइतबार गठन गरिएको वडा बालक्लव संजालमा सुबरत न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय बाल क्ल्ब संजाल गठन भएको हो ।

उर्लाबारी ५ को सुनगाभा बोर्डिङ स्कुलको शभाहलमा भएको कार्यक्रमबाट उपाध्यक्षमा एन्जिना सुनचौरी, सचिबमा हिमाल भण्डारी, सह–सचिबमा जेशन खुदा, कोषाध्यक्षमा प्रतिक्षा मगर र त्यस्तै गरेर सदस्यहरुमा आशिक़ा पाचकोटी, घिरज पण्डित, निकुन्ज बराल, शुसन लिम्बु, किन्सन मगर र अमिसा लिम्बु सर्बसम्मत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष भानुभक्त शर्माले शुभकामना दिनु हुदै वडा नं. ५ मा बालअधिकारको सवाललाई गम्भिर रुपमा लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वहाँले बालबालिकाले अधिकार खोज्दा कर्तब्य पनि नबिर्सन अनुरोध गर्नुभयो । साथै पढाइसंगै सामाजिक कार्यमा लाग्न समेत सुझाब दिनुभयो । यस बर्ष बालबालिकाको कल्ब संजाल गठन र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमका लागि ४५ हजार बजेट बिनियोजन गरिएको पनि शर्माले बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य देबिकला राई, युबा जागरण नेपालका प्रमुख सल्लाहार समाजसेवी जयधर्म आचार्य, शिक्षाविद गणेश प्रसाद दाहाल, मदन भण्डारी प्रतिष्ठान नेपालका सामाजिक बिकास अधिकृत रुद्र बहादुर तामागङ, सुनगाभा बोर्डिङ स्कुलका प्रिन्सीपल भुबन श्रेष्ठ लगाएतले नवनिर्वाचित वडा बाल संजाललाई सफल कार्यकालको शुभकामना सहित सकृय भएर अघि बढन सुझाब समेत दिनुभयो ।

उर्लाबारी वडा नं. ५ का ३ वटा निजी बिधालयका शिक्षक प्रतिनिधी र बाल क्लबका प्रतिनिधी सहित ४८ जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा युवा जागरण नेपालका अर्जुन बास्तोलाले सहजीकरण गर्नुभएको हो ।

सम्बन्धित खवर