आउने वर्ष गोलभेँडा र चैपायको कर हटाइन्छ ः मेयर राई

आउने वर्ष गोलभेँडा र चैपायको कर हटाइन्छ ः मेयर राई

पथरी, मोरङको उत्तरी नगरपालिका लेटाङले आउदो आर्थिक वर्षमा गोलभेँडा (टमाटर) र पशु चौपायमा लगाइदै आएको कर हटाउने भएको छ । आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन् ।

भौगोलिक रुपमा लेटाङको ८० प्रतिशत भू–भाग कृषियोग्य जमिन रहेको र पुरा जनसंख्याको ९० प्रतिशतले कृषि पेशा गर्दै आएको सो क्षेत्रमा आउने आर्थिक वर्ष ०७६/०७७ देखि टमाटर र चौपायमा लगाईदै आएको कर हटाईने नगर प्रमुख शङ्कर राईले वताए ।

“किसान सँग मेयर” कार्यक्रमको गत वर्षको समिक्षा गर्दै आईतवार नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख राईले समृद्व लेटाङ, सुखी लेटाङगेली वनाउने आफ्नो लक्ष्यलाई पुरा गर्न आउदो आर्थिक वर्ष देखि टमाटर र चौपायमा लिइदै आएको कर हटाईने प्रतिवद्धता जाहेर गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ को विनियोजित रकम मध्येबाट नगरपालिकाले किसानको समृद्धिका लागि १० वटा समुहमा ५ जनाको दरले ३० लाख रुपैया विनियोजन गरेको थियो ।
सो रकमबाट स्थानीय समुहले पाडापाडी, वाच्छाबाच्छी, कोरली, बाख्रापाठा लगायत खरिद गरि आर्थिक उन्न्तीतर्फ अग्रसर हुन टेवा पुगेको कार्यक्रममा जानकारी दिईएको छ ।

कार्यक्रममा नगरपालिका उप–प्रमुख कृष्ण कुमारी निरौलाले लेटाङ उर्वर भूमि रहेको वताउदै आगामी वर्षको वजेटमा कृषि र किसानका मागहरुलाई विषेश सम्वोद्धन गर्दै नया कार्यक्रमका साथ वजेट प्रस्तुत हुने वताईन ।

हाल किसानले उत्पादन गरेको वस्तुले उचित वजार, उचित मुल्य, बीउविजन, मलखाद, सहज रुपमा उपलव्ध नभईरहेको वर्तमान अवस्थामा आउदो आर्थिक वर्षमा तय हुने नीति तथा कार्यक्रमले हल गर्ने समेत उनले वताईन ।

कार्यक्रममा नगरपालिकाले उत्कृष्ठ काम गर्ने ७ कृषकहरुलाई ७ वटा टनेल र युवा व्यावसायी समुहलाई हाते ट्याकटर समेत प्रदान गरिएको छ ।


सम्बन्धित खवर