अध्यक्ष कपमा वडा नं. ३ विजयी

अध्यक्ष कपमा वडा नं. ३ विजयी

पथरी, खेलकुद विकास समिति कानेपोखरी मोरङको आयोजनामा भएको दोस्रो अध्यक्ष कप २०७६ को दोस्रो दिनको खेलमा वडा नं. ३ विजयी भएको छ ।

आइतबार भएको खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई शून्यको विरुद्ध २ गोलको अन्तरले विजयी भएको हो । मध्यान्तर अघि खेलको १० औं मिनेटमा वडा नं. ३ को तर्फबाट सागर लावतीले १ गोल गरेका थिए । त्यसैगरी खेलको २५ औँ मिनेटमा उज्वल चौधरीले १ गोल थप्दै टिमलाई बलियो बनाएका थिए । मध्यान्तर पछिको खेलमा भने दुवै पक्षका टिमले कुनै गोल गर्न सकेन्न ।

खेलको म्यान अफ दि म्याच उपविजेता टिमका गोल रक्षक किसन लिम्बु घोषित भए । लिम्बुले ट्रफि, मेडल पाए । सोमबारको खेल वडा नं. १ र ६ विच खेल हुने आयोजक समितिका संयोजक भूपाल श्रेष्ठले जनाए ।

संजीव गुरुङको संयोजनमा मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ को आइतबारे खेल मैदानमा हुदै छ । फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि, प्रमाण पत्र र मेडल पाउने छन् ।

सम्बन्धित खवर