मापदण्ड भन्दा वढी उत्खन्न गर्दै डाँगी कन्ट्रक्सन, डाँस खोला दोहन गर्दा वस्तीलाई जोखिम

मापदण्ड भन्दा वढी उत्खन्न गर्दै डाँगी कन्ट्रक्सन, डाँस खोला दोहन गर्दा वस्तीलाई जोखिम

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोलामा डाँगी कन्ट्रक्सनले मापदण्ड भन्दा पनि वढि उत्खन्न गरेको पाइएको छ । डाँस खोल उत्खन्नका लागि दिइएको मापदण्ड भन्दा वढि उत्खन्न गरेपछि त्यहाँको वस्ती उच्च जोखिममा परेको छ ।

स्थानिय सरकारले मोटो रकम आम्दानी हुने ठानेर बस्तीको अवस्था नै नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरि पातलिदै गएको छ ।

स्थानीय सरकारले बढि राजस्व संकलन गर्ने उदेश्यले खोलाको बस्तविक अवस्था मापन नगरी खोला ठेक्का लगाएकाले बस्ती संकटमा परेको छ । आर्थिक वर्ष सकिनेबेला भएकाले ठेकेदारले खोलामा जथाभावी स्काईभेटर लगाएर माटोसरीको बालुवा निकाल्न थालेपछि स्थानीयहरु आक्रोसित हुदै उत्खन्न रोकेका छन् ।

ठेक्का पाएको डाँगि कन्टस्सनले खोलाबाट माटो सरिको बालुवा उठाएर स्ट्रोक गर्दै राखेको छ । जस्ले गर्दा दुई गाँउलाई जोड्ने बाटो बन्द भएको छ । बर्खाको समयमा सहज वार पार गर्ने बाटो अहिले मान्छे डुबाउने खाडी भएको छ । खोला गहिरीएकाले र खोलाको बाटो काटेकाले स्कुल जाने बालबालीका र ओल्लो र पल्लो पालिका आवत जावत गर्न समस्या रहेको स्थानिय बताउछन् ।

खोला उत्खन्नमा डाँगी कन्ट्रक्सन र स्थानिय बिच बिबाद आए पछि जिल्ला समन्यवलाई अनुगमन गरेर रिपोट देउ भनेर पत्र काटेको कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले बताए । सो रिपोर्ट नआउनजेल उत्खन्न कार्य रोक्न आदेश दिएको काफ्लेले बताए ।

यता ठेक्केदार कम्पनी डाँगी कन्ट्रर्सनले भने उत्खन्न कार्य रोकेको छैन् । ठेक्केदार कम्पनी डाँगी कन्ट्रक्सनका प्रोपाईटर विजय डाँगी भने स्थानिय सरकारले लगाएको ठेक्का अनुसार नै काम गरेको बताउदैँ आएका छन् । काममा बाधा आएकाले स्थानीय सरकारमा पटक पटक काम गर्ने बातावरण बनाईदिन निबेदन पेस गरेको समेत डाँगीले बताए । डाँगीले सो क्षेत्रमा जति पनि काम भएको छ त्यो स्थानियको सहमतिमा बाटो पुर्ने र खोला सिधा पार्ने कार्य भएको बताए ।

मापदण्डमा २.५ फुट गहिराइ र ५० मिटर चौडाइ उत्खन्न गर्ने पालिकासंग सहमति भएको भन्दै स्थानीयले अवरोध गरेका हुन् । यसरी मापदण्ड भन्दा विपरीत काम गर्दा करिब ८ फुट भन्दा पनि गहिरो गरी खोला उत्खन्न मात्रै हैन खोलको दोहन नै भएको छ । यही ठेकेदार कम्पनीले भनेअनुसार नै उत्खन्न गर्ने हो भने दुई पालिका जोड्ने बाटो बन्द हुने अवस्थामा देखिन्छ । खोलको वस्तीमा खानेपानीको चरम अभाव हुनुका साथै खेतबारीमा सुख्खा लाग्ने र उब्जाउ हुन छाड्ने निश्चय नै छ ।

सम्बन्धित खवर